Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

छनाेट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी

छनाेट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी

images

एजेन्सी

१९, माघ २०७८
छनाेट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी
images

काठमाडौं, १९  माघ । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् । 

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १(० ले पराजित गरेकाे हाे । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।

जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ   ।

बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेकाे छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । 

ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०९:०२:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology