Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतीय कलाकार विकास फाटक पक्राउ

भारतीय कलाकार विकास फाटक पक्राउ

images

एजेन्सी

१८, माघ २०७८
भारतीय कलाकार विकास फाटक पक्राउ
images

भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन् । ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी विकासलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

समाचारअनुसार प्रहरीले विद्यार्थीहरूलाई अफ लाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई पक्राउ गरेको हो । एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा विद्रोह गर्नुपर्ने उनले बताएका थिए । त्यसपछि विद्यार्थीहरूले मुम्बई र नागपुरमा विरोध प्रदर्शन गरेका थिए ।

विकासलाई धारावी प्रहरीले पक्राउ गरेको हो । विकाससँगै पक्राउ परेका अन्यविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । प्रहरीका अनुसार विकासले विद्यार्थीलाई उक्साउने भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए ।

उनीहरूलाई आइपीसीको धाराअनुसार महाराष्ट्र प्रहरी अधिनियम, आपदा प्रवद्र्धन अधिनियम र महाराष्ट्र सम्पत्तिको विरुपणको रोकथाम अधिनियमअनुसार प्राथमिकी दर्ता गरिएको छ । विकास यसअघि पनि कोभिड प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए । किनकी उनले विरोध प्रदर्शनका लागि शिवाजी पार्क पुग्न एक एम्बुलेन्सको प्रयोग गरेका थिए ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १८:४१:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology