Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको कुरिनटारमा सरकारी गाडीले पैदलयात्रीलाई ठक्कर दियो

चितवनको कुरिनटारमा सरकारी गाडीले पैदलयात्रीलाई ठक्कर दियो

इच्छाकामना न्युज

१५, माघ २०७८
चितवनको कुरिनटारमा सरकारी गाडीले पैदलयात्रीलाई ठक्कर दियो
images

चितवन, १५  माघ ।  चितवनमा सरकारी गाडीले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएकी छिन् ।

images
images

इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित पृथ्बी राजमार्गमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा२झ २८५३ नम्बरको टाटा सुमोले आज बिहान करिब साढे ११ बजेको समयमा स्थानीय ३८ वर्षीय निरु बोहोरालाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठक्करबाट घाइते भएकी बोहोरालाई तत्काल स्थानीय अस्पताल ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि घाइतेलाई काठमाडौंको हेम्स अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार घाइतेको टाउकोमा भित्री चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । गाडी र चालक नियन्त्रणमा लिइएको छ । गाडी लोकसेवा आयोग जलेश्वरको भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - २०:०९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology