Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना नियन्त्रण सम्बन्धि प्रशासनको निर्देशन इच्छाकामना गाउँपालिकाद्वारा अवज्ञा

कोरोना नियन्त्रण सम्बन्धि प्रशासनको निर्देशन इच्छाकामना गाउँपालिकाद्वारा अवज्ञा

इच्छाकामना न्युज

११, माघ २०७८
कोरोना नियन्त्रण सम्बन्धि प्रशासनको निर्देशन इच्छाकामना गाउँपालिकाद्वारा अवज्ञा
images

कुरिनटार,११ माघ । कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरुले अवज्ञा गरेका छन् । जिल्लामा कोभिडको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघ ३ गते आदेश जारी गरेको थियो ।

images
images

आदेशमा २५ जना भन्दा बढी भेला हुने गरि सबै प्रकारका भेला, सभा,सम्मेलन, प्रदर्शन जात्र, मेला,महोत्सव नगर्न भनिएको छ । २५ जनाको भौतिक उपस्थितिमा कार्यक्रम गर्न परे दुबै मात्रा खोप लगाएको कार्ड भएका र एन्टिजेन नेगेटिभ रहेकाहरुलाई मात्र सहभागी गराउन भनिएको छ । प्रशासनबाट यस्ता आदेश जारी भएपनि स्थानीय जनप्रतिनिधहरुले भने उल्ल्घन गरेका छन् ।

सोमबार चितवनको इच्छाकामना गाउँपालिकाले आदेश विपरित भव्य समारोहकाबिच दशौँ गाउँसभाको उद्घाटन गरेका छन् ।
गाउँपालिकाले तामझामका साथ मानिसहरुको ठूलो संख्यामा भौतिक उपस्थित गराई गाउँसभाको उद्घाटन कार्यक्रम गरेको हो । सभामा उपस्थित हुनेहरुले मास्क लगाएपनि भौतिक दुरी कायम गरेका थिएनन् ।

गाउँपालिकाले पूर्व कर्मचारी,राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि कलाकार संचारकर्मी लगायतलाई निमन्त्रणा समेत गरेका थिए । सो अवसरमा कर्मचारी,पुर्व कर्मचारी,शिक्षक,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संयौँ जनालाई सम्मान गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्ला प्रशासनले जारीको आदेश विपरित जनसहभागिता गराएको प्रति आपत्ति जनाएका थिए ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०९:१८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology