Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लालपुर्जा वितरणका लागि सम्झौता गर्न ढिलाई गरेको भन्दै इच्छाकामनाका सुकुम्वासीहरु आक्रोसित, अध्यक्षलाई बुझाए ज्ञापनपत्र

लालपुर्जा वितरणका लागि सम्झौता गर्न ढिलाई गरेको भन्दै इच्छाकामनाका सुकुम्वासीहरु आक्रोसित, अध्यक्षलाई बुझाए ज्ञापनपत्र

images
लालपुर्जा वितरणका लागि सम्झौता गर्न ढिलाई गरेको भन्दै इच्छाकामनाका सुकुम्वासीहरु आक्रोसित, अध्यक्षलाई बुझाए ज्ञापनपत्र
images

कुरिनटार, ९ माघ । चितवनको इच्छाकामनाका सुकुम्वासीहरुले लालपुर्जा वितरणका लागि गाउँपालिकाले ढिला गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । आज गाउँपालिका कार्यालयमा उपस्थित भइ सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले अध्यक्ष गीता कुमारी गुरुङलाई ज्ञापन पत्र समेत बुझाएका छन् । चितवनका अन्य स्थानीय तहमा लाल पुर्जा वितरण कार्य सुरु हुन लाग्दा समेत इच्छाकामना गाउँपालिकामा अझै अन्यौलता भएको भन्दै उनिहरु आक्रोशित भएका छन् ।

गाउँपालिकाले समयमै सुकुम्वासीको तथ्याङ्गक मन्त्रालयमा नबुझाएकोले ढिला भएको उनिहरुको भनाई छ । जतीसक्दो चाँडो लालपुर्जा वितरण हुने अवस्था नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । गाउँपालिकालाई चाडौँ सम्झौता गर्न दबाब स्वरुप ज्ञापनपत्र बुझाएको उनिहरुले बताएका छन् ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आफुहरु जती सक्दो चाडोँ लाल पुर्जा वितरण गर्न लागी परेको बताउनुभयो । उहाँले अव्यवस्थित तथा सुकुम्वासीहरुको धेरैको नागरिकता समेत नहुदाँ नागरिक बनाउँदा सिफारिस लागयतका झन्झटिलो कारण अन्य ठाउँ भन्दा इच्छाकामनामा केही ढिला भएको स्वीकार गर्नुभयो । वेवसाइटमा अनलाईन इन्ट्रि गर्ने क्रममाबिचमै सुकुम्वासी आयोग विगठन भएपछि ढिला भएको उहाँको भनाइछ ।

उपाध्यक्ष कृति कुमार श्रेष्ठले सबै पालिकामा एकैपटक वितरण नहुने भएका कारण पहिलो चरणमा छुटेको बताउनुभयो । उहाँले आफुसमेत केन्द्रमा निरन्तर सम्पर्कमा रही बुझिरहेको बताउँदै देशभर केही जिल्लाका केही स्थानीय तहमा मात्र अहिले वितरण हुने र बाँकी पालिकामा पनि चाडैँ वितरण हुनेभएकोले केही स्थानीय तहमा मात्र परेको बताउनुभयो । चाडैँ लालपुर्जा पाउनेमा कुनै शंका नगर्न अनुरोध गर्दै फागुनभित्रै लाल पुर्जा पाउने बताउनुभयो ।

लगत संकलन इकाई इच्छाकामना संयोजक हरि देवकोटाले अनलाइनमा इन्ट्रि गर्ने क्रममा बिचमै सुकुम्वासी आयोग नै विघठन भइ वेबसाइट बन्द भएपपछि ढिला भएको बताउनुभयो। उहाँले केन्द्रमा निरन्तर सम्पर्कमा रहेको र जती सक्दो चाँडो लालपुर्जा वितरण गरिने बताउनुभयो ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १८:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology