Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

images

एजेन्सी

४, माघ २०७८
महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै
images

महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । प्रतिवेदनअनुसार गरिबीका कारण विश्वभर २१ हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ ।

तर महामारीको समयमा भने संसारका १० धनाढ्यको सम्पत्ति भने दोहोरिएको छ । सन् २०२० पछि १० धनाढ्यहरुको सम्पत्ति दोब्बरले बढेको हो । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुमा अक्सफामले विश्वव्यापी असमानताबारे प्रतिवेदन सार्वजनिक गरेको हो ।

‘यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको ९९ प्रतिश जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन,’ अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीसकान्डराजाहले भने ।

फोब्सको तथ्यांकअनुसार एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नअल्ट, बिल गेटेस, लारी इलिसन, लारी पेज, सर्जी ब्रिन, मार्क जुकरबर्ग, स्टेभ बाल्मर र बारेन बफेट जस्ता १० धनाढ्यको सम्पत्ति महामारीको समयमा तीव्र बढेको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - ०७:४७:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology