Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन नजिकै तुईनभिर स्थित ३ नं. पुलबाट त्रिशुलीमा स्कोर्पियो खस्यो, ७ जना घाईते

मुग्लिन नजिकै तुईनभिर स्थित ३ नं. पुलबाट त्रिशुलीमा स्कोर्पियो खस्यो, ७ जना घाईते

इच्छाकामना न्युज

३०, पौष २०७८
मुग्लिन नजिकै तुईनभिर स्थित ३ नं. पुलबाट त्रिशुलीमा स्कोर्पियो खस्यो, ७ जना घाईते
images

मुग्लिन, ३० पुस । नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । आज साँझ करिब ६ बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कोर्पियो गाडी चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुईनभिरको तीन नम्बर पुलबाट तल त्रिशूली नदीमा खसेको हो । 

images
images

दुर्घटनामा परि स्कोर्पियो चालक सहित ७ जना घाईते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुको घटनास्थलबाट उद्धार थप उपचारका लागि  भरतपुर अस्पतालतर्फ पठाईएको छ।
 
यस्तै घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको पनि प्रहरीले जनाएको छ।

 

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - २०:१७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology