Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्यालयमा राजनिति : नेपाली कांग्रेसको दुई पक्षीय नेताहरुको जुधाईले चेपुवामा मुग्लिनको त्रिवेणी बराह मावि 

विद्यालयमा राजनिति : नेपाली कांग्रेसको दुई पक्षीय नेताहरुको जुधाईले चेपुवामा मुग्लिनको त्रिवेणी बराह मावि 

images

इच्छाकामना न्युज

२६, पौष २०७८
विद्यालयमा राजनिति : नेपाली कांग्रेसको दुई पक्षीय नेताहरुको जुधाईले चेपुवामा मुग्लिनको त्रिवेणी बराह मावि 
images

मुग्लिन, २५ पुस । चितवनको एकमात्र प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) पढाई हुने सामुदायिक विद्यालय हो इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालय । करिब ६५० जना भन्दा बढि विद्यार्थीले पठन पाठन गर्ने विद्यालय यतिबेला अप्रत्यक्ष रुपमा राजनिति छिर्दा अप्ठ्यारो अवस्थामा आईपुगेको छ । 

वि.सं. २०७६ सालको अन्तिम तिर विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको थियो । शिक्षा नियमावली अनुसार म्याद सकिनु १ महिना अगावै विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्नेमा विद्यालयमा राजनिति छिर्दा विद्यालय समिति विहिन बन्न पुगेको छ । 

त्यसो त विद्यालय व्यवस्थापन समितिको म्याद सकिनै लाग्दा विश्वव्यापी कोरोना संक्रमण फैलिएको थियो, जस्को कारण समय लम्विदै जादाँ विस्तारै विद्यालयमा राजनितिले प्रवेश पायो । त्रिवेणी बराह मावि मुग्लिनको व्यवस्थापन समिति गठनमा विशेष गरेर नेपाली कांग्रेसको दुई लाईन संघर्षले प्रवेश पाएको देखिएको छ । काँग्रेसको दुवै पक्षले आफ्नो पक्षको अभिभावकलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन चाहिरहेको छ । तर सोचे झै हुन नसक्दा विवादले उग्ररुप लिईरहेको छ । 

त्यसो त समयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न नसक्नु विद्यालय प्रशासनको कमजोरी देखिन्छ । विद्यालय प्रशासनले दिएको जानकारी अनुसार २०७६ सालमै विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको भएपनि कोरोना कहरका कारण आफुहरुले समिति गठन गर्न नसकेको हो । 

‘सरकारले भिडभाड नगर्नु भन्ने निर्देशन दिएकोले हामीले समयमै व्यवस्थापन समिति गठन गर्न सकेनौ’ –विद्यालयका प्रध्यानाध्यापक युवराज लामाले भने ‘तर सहजता भएपछि प्रक्रिया पुरा गरेर समिति गठन गरी पठाउँदा गाउँपालिकाले उक्त समितिलाई वैधानिकता दिएन ।’

यता विद्यालयले गठन गरेर ल्याएको समिति शिक्षा नियमावली विपरित रहेकोले वैधानिकता नदिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिईन् । उनले विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन गर्दा पुरा गर्नुपर्ने धेरैजसो प्रक्रिया नपु¥याएको बताईन् । 

विद्यालयलाई पटक–पटक ताकेता गर्दा पनि समयमा समिति गठन नगरेको, अभिभावकहरुको वृहत भेला बोलाएर समिति गठन गर्नुपर्नेमा बिचमा २७ जनाको भेलाले ४ जना समिति सदस्य चयन गरेको जसमा ९ जना मात्र अभिभावक र बाँकी गैर अभिभावकको उपस्थित भएको, विद्यालयले गठन गरेको उक्त समितिको विरुद्धमा गाउँपालिकामा उजुरी परेको, भेलामा गाउँपालिकाका शिक्षा अधिकृत वा अधिकृतले तोकिदिएको व्यक्ति उपस्थित हुनुपर्ने वा त्यसो हुन नसकिएमा समिति गठन गर्दै गर्दा अधिकृतलाई जानकारी गराउनुपर्नेमा नगरिएको लगाएतका विविद्य कारणले विद्यालयले गठन गरेको समिति शिक्षा ऐन २०२८ (संसोधन सहित) र शिक्षा नियमावली (संसोधन सहित) परिच्छेद ६ को नियम २३ (१) (२) र (३) विपरित देखिएको अधिकृत खड्काले बताईन् । सोही कारण विद्यालयलाई प्रचलित कानुन बमोजिम तत्काल अभिभावक भेला बोलाउन गाउँपालिकाले पत्राचार गरेको पनि उनले बताईन् । 

गाउँपालिकाले विद्यालयलाई तत्काल अभिभावक भेला बोलाउन लेखेको पछिल्लो पत्र

271604210_4850956088281637_6225072829355142816_n.jpg

यता विद्यालयले कोभिडको कारण देखाउदै अभिभावकहरुको प्रतिनिधी मूलक उपस्थिति जनाउदै २०७८ जेठ ३० गते तात्कालिन विद्यालयका सल्लाहकार समितिका अध्यक्ष विष्णु लामाको अध्यक्षतामा अभिभावक भेला बसेको र सोही भेलाले ४ सदस्यीय समिति चयन गरेको देखिन्छ। जसमा सवु सिलवालको अभिभावकको रुपमा शिव सिलवाल, दिपा सिलवालको अभिभावकको रुपमा प्रकाश सिलवाल, पूर्णिमा थापाको अभिभावकको रुपमा पूर्णमाया थापा र जीत बहादुर सुनारको अभिभावकको रुपमा निरुमाया सुनारलाई चयन गरेका थिए । 

बैठकको प्रतिलिपी

1.jpg

त्यसपछि एकैपटक २०७८ कार्तिक १० गते विद्यालयका पदेन सदस्य रहेका इच्छाकामना गाउँपालिका ५ का वडाध्यक्ष मोदराज सिलवालको अध्यक्षतामा बसेको बैठकले स्थानीय शिक्षा ऐन २०७४ को १२ (ग) बमोजिम स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवी, विद्यालयलाई निरन्तर सहयोग गरिररहको समाजसेवीहरुको तर्फबाट भन्दै मणिरत्न शाक्य र नारायणी सिलवाललाई समितिको थप सदस्यमा चयन गरेको देखिन्छ । यसमा अघिल्लो पटक चयन भएका सम्पूर्ण सदस्यहरुले हस्ताक्षर गरेको छ ।

बैठकको प्रतिलिपी

2.jpg
यद्यपी यसपछि बसेको मिति २०७८ पुस ७ गते समितिको ज्येष्ठ सदस्य मणिरत्न शाक्यको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ले मणिरत्न शाक्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको थियो। जसमा समितिका ७ मध्य ५ जनाले हस्ताक्षर गरेका छन् भने प्रकाश सिलवाल र नारायणी सिलवालले हस्ताक्षर गरेका छैनन् । 

हेर्नुस् बैठकको प्रतिलिपी

3.jpg
यहि समिति विरुद्ध २०७८ पुस २१ गते गाउँपालिकामा उजुरी परेको देखिन्छ । यद्यपी उजुरी गर्ने अधिंकाश अभिभावक नभएको विद्यालयले जानकारी दिएको छ। यस्तै उजुरी पत्र समेत दुई थरी भेटिएको छ । जसमा गाउँपालिकामा दर्ता भएको उजुरी पत्रमा मनोज त्रिपाठी, प्रवेश त्रिपाठी, शिवहरी त्रिपाठी, रामहरी कंडेल, राजेन्द्र त्रिपाठी, तारा बहादुर गुरुङ, लालिराम कंडेल, प्रकाश सिलवाल, प्रदिप कुमार त्रिपाठी, नारायणी सिलवाल, राजेश गुरुङ, संगीता बस्नेत, विकाश बस्नेत र टुक बहादुर परियारले हस्ताक्षर गरेका छन् ।

तर विद्यालयलाई उपलब्ध गराएको यहि उजुरीको बोधार्थमा भने ८ औं नं. मा उल्लेखित प्रकाश सिलवालको ठाउँमा मान बहादुर मगरको नाम र हस्ताक्षर छ साथै गाउँपालिकामा दर्ता गर्न प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले गरेको तोक आदेशलाई भने टिपेश लगाएर मेटेको प्रष्ट देखिन्छ । 

हेर्नुस् गाउँपालिकामा बुझाएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले तोक लगाएको उजुरी पत्र र विद्यालयलाई उपलब्ध गराएको बोधार्थ उजुरी पत्र 

4 copy.jpg

विवादको खास कुरो
त्रिवेणी बराह मावि मुग्लिनको विद्यालय व्यवस्थापन समिति गठन नुहुनुमा बाहिर जे–जे भने पनि भित्री चुरो कुरो भनेको राजनैतिक नै देखिन्छ । जसमा विशेषगरी नेपाली कांग्रेसको २ पक्षीय राजनितिले राम्रैसँग काम गरेको छ । किनकी विद्यालयमा व्यवस्थापन समितिमा चयन हुने सदस्य अधिकांश नेपाली कांग्रेसका निकटका समर्थक र कार्यकर्ताहरु छन् । जसमा देउवा पक्षले मणिकरत्न शाक्यलाई अध्यक्ष बनाउन चाहेका छन् भने पौडेल पक्षले प्रकाश सिलवाललाई अध्यक्ष बनाउन चाहेका छन् । यसरी कांग्रेसकै एक पक्षलाई अर्को पक्षले अस्वीकार गर्दै अगाडी बढ्दा विद्यालयमा विवाद देखिदै आएको छ । 

विवादले चरम उत्कर्ष लिएसँगै यसको मारमा भने शिक्षकहरु परेको छ । विद्यालयले व्यवस्थापन समिति गठन नगरेको भन्दै गाउँपालिकाले अनौपचारिक रुपमा शिक्षकहरुको कार्तिक र मंसिर २ महिनाको तलब रोकिदिएको थियो । आफ्नो तलब रोकिदिएको भन्दै त्रिवेणी बराह माविका शिक्षकहरुले पुस २१ गते गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालावन्दी गरिदिएका थिए ।

हेर्नुस् समाचार लिंकः

ब्रेकिङ न्युज : शिक्षकको तलब रोकिदिएको भन्दै चितवनको इच्छाकामना गाउँपालिकामा तालाबन्दि, गाउँ शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोतव्यक्ती भविश्वर गुरुङ भित्रै थुनिए

त्यसपछि प्रशासनले २ दिन भित्रमा तलब निकासा गर्ने सहमिति भएपछि तालाबन्दी खोलिदिएको थियो । 
यसपछि झन् यो विवादले उग्ररुप लिदै विद्यालय व्यवस्थापन समिति अवैधानिक भन्दै उजुरी दिने पक्षले ३ दिन भित्र अभिभावक भेला बलाउन माग गर्दै विद्यालयमा शुक्रबार ज्ञापन पत्र बुझाएका थिए । 

हेर्नुस् समाचार लिंकः

मुग्लिनको त्रिवेणी बराह माविमा अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाईयो, ३ दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी गर्ने चेतावनी

 

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - ११:३७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology