Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माघ २ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप क्रिकेट प्रतियोगिता गर्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माघ २ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप क्रिकेट प्रतियोगिता गर्ने

इच्छाकामना न्युज

२५, पौष २०७८
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माघ २ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप क्रिकेट प्रतियोगिता गर्ने

धादिङ, २५ पुस । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । माघ २ गते देखि माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्न लागेको बेनीघाटले यहि प्रतियोगिता सँगै अध्यक्ष कप प्रतियोगिता गर्न लागको हो ।

images

बेनीघाट रोराङका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार राष्ट्रपति रनिङशिल्ड र अध्यक्ष कप प्रतियोगिता माघ २ गते देखि ६ गते सम्म चन्द्रोदय माध्यामिक विद्यालय परिसर विशालटारमा हुनेछ ।

राष्ट्रपति रनिङशिल्ड अन्तरगत एथलेष्टिक, भलिबल, कबड्डी, तेक्वान्दो, अध्यक्ष कप अन्तरगत क्रिकेट र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता तथा मदन भण्डारी फुटबल प्रतियोगिता अन्तरगत फुटबल प्रतियोगिता हुने बताईएको छ भने खेल व्यवस्थापनको लागि राजमार्ग नजिक विद्यालयलाई ३० हजार, बाँकी विद्यालयहरुलाई ४० हजारको दरले पेस्की स्वरुप रकम पठाईने शिक्षा अधिकृत पाठकले बताए ।

धादिङमा विगत केहि वर्ष देखि नियमत रुपमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता गर्दै आउनेमा बेनीघाट रोराङ गाउँपालिका मात्रै हो ।

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २१:०३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology