Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल

नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल

इच्छाकामना न्युज

२३, पौष २०७८
नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल
images

काठमाडौं, २३ पुस । हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा अभिनेता सुरज पाण्डेयको निर्देशन रहनेछ । 

images
images

फिल्म ‘लभ लभ लभ’बाट अभिनयमा पाइला चालेका सुरजको यो ‘डेब्यू’ निर्देशन हुनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । फिल्ममा अभिनेता तथा गायक कोशिस क्षेत्रीको प्रमुख भूमिकामा अभिनय रहनेछ । बाँकी अन्य कलाकार भने अडिसनबाट छानिने निर्माण पक्षले जनाएको छ ।

फिल्म युनिटले २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री अडिसनमार्फत छनोट गरिने जानकारी दिएको छ । फिल्म फागुनको तेस्रो साताबाट फ्लोरमा जानेछ ।

काठमाडौंमा नै सम्पूर्ण छायांकन हुने फिल्मका लेखक खनालले फिल्मको कथा पूर्णरूपमा नेपाली परिवेशमा तयार पारिएको दाबी गरे । नवनिर्देशक पाण्डेयले आफ्नो पहिलो प्रयासलाई दर्शकले मनपराउने आशा व्यक्त गरे ।

निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आगामी ३० वैशाख २०७९ मा रिलिज हुँदैछ ।

 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:१९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology