Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

images

एजेन्सी

२०, पौष २०७८
हत्याकाे प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते
images

हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाईते भएकी छिन् ।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ । 

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - ०९:३५:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology