Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीका गुरुङ समाजहरु पहिलो पटक एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए

आँबुखैरेनीका गुरुङ समाजहरु पहिलो पटक एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए

images

इच्छाकामना न्युज

१६, पौष २०७८
आँबुखैरेनीका गुरुङ समाजहरु पहिलो पटक एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए
images

आँबुखैरेनी, १६ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्र रहेका गुरुङ समुदायले बिहीबार तमु ल्होसार–२०७८ भव्य रुपले मनाएका छन। आँबुखैरेनी–३, शिवालय मन्दिर र गुम्बाको प्राङ्गणमा वडा १ देखि ६ सम्मका तमु समाज, सबै टोल बस्तिका गुरुङ समुदायहरु एकै ठाउँमा भेला भएर पहिलोपटक तमु ल्होसार पर्व भव्य रुपले मनाएका हुन । 

270205015_1849369245253626_4536864063369037625_n.jpg

तमु समुदायको मौलिक पहिरन, कला संस्कृती झल्किने घाटु नाच, मारुनी, चुड्का, झ्याउरे, सेर्गा नाच लगाएत गुरुङ पुरोहितद्वारा कलाकौशल प्रस्तुती सहितको र्‍याली आँबुखैरेनी मिलनचोकबाट सुरु भई कार्यक्रम स्थल शिवालय मन्दिर र गुम्बाको प्राङ्गणमा पुगि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । तमु ल्होसार कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक सितल गुरुङ, चन्द्र परियार, बाल गायिका शिखा गुरुङ लगाएत स्थानीय कलाकारहरुले  आ–आफ्नो प्रस्तुती दिएका थिए । साथै, गुम्बामा लामा गुरुबाट ग्रह फाल्ने र ग्याप्री गुरुबाट रिपु धागो लगाउने कार्यक्रम भएको थियो । 

270343775_1849369061920311_8060101099635410208_n.jpg

तमु ल्होसार मुल समारोह समितिका अध्यक्ष काजी बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका भु.पु. कर्णेल अन्त सिंह गुरुङ, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, आँबुखैरेनी गाउँपालिका वडा नं. २,३,४ र ५ का वडाध्यक्ष, नेकपा माओवादीका गंगा कोइराला, नेकपा एमालेकि मिना अधिकारी, नेपाली काङ्ग्रेसका बिष्णु प्रसाद पन्त लगाएतकाको उपस्थिति रहेको तमु ल्होसार मुल समारोह समितिका सह(सचिव पृथ्वी बहादुर गुरुङले जानकारी दिनुभएको छ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - २१:५०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology