Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

images

एजेन्सी

७, पौष २०७८
सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो
images

फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे ।

खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए ।

जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ ।

गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०८:३१:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology