Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

एजेन्सी

७, पौष २०७८
कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।  

images

‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने । 

युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा उनको चेतावनी आएको हो । जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ । यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो । 

पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ । 

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०८:२८:५९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology