चुम्लिङ्गटार, ७ पुस । चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटार नजिकै रात्रिवस दुर्घटना भएको छ । काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको प्र २ ०३ ००१ ख ०३३० नं. को रात्री बस बिहान करिब पौने ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ९ जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएका मध्ये काठमाडौंको शंखरापुरा नगरपालिका–३ का ६५ वर्षीय रञ्जित तामाङको अवस्थामा गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ।
दुर्घटनाका कारण पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड करिब ३ घण्टा दुईतर्फी अवरुद्ध भएको थियो । दुर्घटनामा परेको बसलाई हटाएर अहिले साढे ७ बजेबाट अवरुद्ध राजमार्ग सूचारु भएको छ ।