कुरिनटार,४ पुस । बागमती प्रदेशका नवनियुक्त श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई इच्छाकामनामा स्वागत तथा सम्मान गरिएको छ । आइतबार नेकपा माओवादी केन्द्र इच्छाकामना र नेवार गुठी समाज मुग्लिनले स्वागत तथा सम्मान गरेका हुन् ।

नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीले पार्टी कार्यालय कुरिनटारमा एक कार्यक्रमकाबिच स्वागत तथा सम्मान गरेका हुन् ।
यसैबिच इच्छाकामना–५ मुग्लिनमा नेवार गुठी समाज मुग्लिनले पनि स्वागत तथा सम्मान गरेको गरेका थिए ।