Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुरकाे ज्यान लियाे

बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुरकाे ज्यान लियाे

images

एजेन्सी

४, पौष २०७८
बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुरकाे ज्यान लियाे
images

भारतमा आक्रोशित बाँदरहरुले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो ।

जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरुले बिद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।

कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् । आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पु¥याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।

बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए ।

स्थानीयका अनुसार बाँदरहरुले कुकुरमाथि अझै बदला लिइरहेका छन् ।

केही कुकुरहरुले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:३४:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology