Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु

पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु

images

एजेन्सी

४, पौष २०७८
पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु
images

पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो । 

बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

बिस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

बिस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । 

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ०८:३५:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology