Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा इच्छाकामनाको पैरेनीमा न्यानो कपडा वितरण

कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा इच्छाकामनाको पैरेनीमा न्यानो कपडा वितरण

तमू ल्होसारको पूर्व सन्ध्यामा ‘न्यानो ल्होसार कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गरेको समाजको भनाई

कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा इच्छाकामनाको पैरेनीमा न्यानो कपडा वितरण
images

मुग्लिन, ३ पुस । कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहले चितवनको इच्छाकामना गाउँपालिकाको एक गाउँ र विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ। समाजको आमा समूहले चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय पैरेनीको विद्यार्थी र सो गाउँका विपन्न वर्गलाई आज न्यानो कपडा वितरण गरेको हो।

images
images

266712591_638055940674838_5050161589303888414_n.jpg

तमू समूदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा चर्चित टेलिभिजन कार्यक्रम ‘तमू मै ता’ ले हरेक वर्ष चलाउदै आएको ‘न्यानो ल्होसार कार्यक्रम’ अभियानसँग सहकार्य गर्दै समाजले न्यानो कपडा वितरण गरेको हो। 

समाजले उक्त गाउँमा एक कार्यक्रमको आयोजना गरि ५० जना विद्यार्थीहरुको लागि स्वीटर, मोजा, टोपी, झोला, कपी, कलम लगायतका सामाग्रीहरु वितरण गरेको थियो भने गाउँका विपन्न समूदायका लागि मण्डी, पछ्यौरा, कपडा, चाउचाउ लगायतका सामाग्रीहरु वितरण गरेका थिए।

यस्तै समाजले गाउँका विपन्न वर्गका दीर्घरोगीहरुको स्वास्थ्यबीमाका लागि जनही ३ हजार ५ सयका दरले ६ जनाको लागि बिमा शुल्क रकम उपलब्ध गराएका थिए।

267146602_646362686393423_1494203694797820018_n.jpg

कार्यक्रम समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङको सभापतित्व तथा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङ्गको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि वडाध्यक्ष चेपाङ्गले समाजले आफ्नो वडामा आएर सहयोग गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य समाजका महिला समूह अध्यक्ष मीना गुरुङले गरेका थिए भने चर्चित टेलिभिजन कार्यक्रम ‘तमू मै ता’ का संचालक युग बहादुर गुरुङले मन्तव्य राख्दै जीवनमा शिक्षाको महत्वका बारे बताए।

267212097_615746609642541_5419121510187880939_n.jpg

कार्यक्रमको अन्तमा बोल्दै समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङले तमू ल्होसारमा सबैले खुशी साथ मनाउन सकुन भन्ने अभिप्रायले समाजले सानो सहयोग गर्दै हरेक वर्ष न्यानो ल्होसार कार्यक्रम गर्दै आईरहेको बताए। यस्तै उनले समाजले विगत ३–४ वर्षदेखि निरन्तर यसरी नै तमू ल्होसार मनाउदै आईरहेको पनि बताए।

कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक देव बहादुर गुरुङले अधिकांश विपन्न वर्ग र सीमान्तकृत चेपाङ समूदायको विद्यार्थीहरु अध्ययन गर्ने र न्यानो कपडा नहुदा जाडोमा विद्यार्थी अनुपस्थीत हुने समस्या भैरहेकोले समाजले न्यानो कपडा उपलब्ध गराईदिएको खुशी व्यक्त गर्दै समाजलाई धन्यवाद व्यक्त गरे।

266795716_3123191694670266_4180314654488080311_n.jpg

यस्तै कार्यक्रममा वडा सदस्य पार्वती तमूस्यो, विद्यालयका प्रध्यानाध्यापक दान बहादुर गुरुङ, विव्यस अध्यक्ष सुरज लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष मिलन गुरुङका साथै समाजका संस्थापक संरक्षक मन बहादुर गुरुङ, सल्लाहकारहरु सु. लिल बहादुर गुरुङ, बत्तीमाया गुरुङ, मैता गुरुङ लगायत अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - २०:४४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology