Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एडल्ट फिल्मबाट अलग्गिएका चर्चित अभिनेत्रीहरू

एडल्ट फिल्मबाट अलग्गिएका चर्चित अभिनेत्रीहरू

images

एजेन्सी

३, पौष २०७८
एडल्ट फिल्मबाट अलग्गिएका चर्चित अभिनेत्रीहरू
images

मुम्बई/ भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न कारोबार निकै फष्टाइरहेको छ । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यो मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो ।

एडल्ट उद्योगमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट उद्योगलाई छोडेर अहिले सामान्य जीवन बिताइरहेका छन् । यहाँ त्यस्तै केही अभिनेत्रीको चर्चा गरिएको छ ।

जेना प्रेस्ले
पूर्व पोर्नस्टार ब्रिटिनी द लोरा मेरालाई एडल्ट फिल्ममा ‘जेना प्रेस्ले’ नामले चिनिन्थ्यो । जेनाले अहिले एडल्ट फिल्म उद्योग छोडिसकेकी छन् । उनको यो निर्णयप्रति उनका पति पनि खुशी छन् । जेनाले सन् २००५ मा एडल्ट फिल्ममा काम गरेकी थिइन्, जुन समयमा उनको उमेर केवल १८ वर्षको मात्र थियो ।

image-w856.jpg

मिया खलीफा
मिया खलिफा एडल्ट फिल्ममा नाम चलेकी स्टार थिइन् । विवाहअघि नै उनी पोर्न फिल्मबाट बिदा भइन् । उनले केही समयमात्र एडल्ट फिल्ममा काम गरेर लोकप्रियता कमाइन् । मियाका अनुसार पोर्न फिल्ममा काम गर्दा उनलाई ज्यानको धम्कीसमेत आएको थियो ।

Mia-Khalifa-Expose-Mia-Khalifa-took-Botox-injections-told-that.jpg

सनी लियोनी
बलिउडमा काम गरिरहेकी अभिनेत्री सनी लियोनी एडल्ट फिल्म उद्योगको अर्को चर्चित नाम हो । उनले सानो उमेरमै पोर्न फिल्ममा काम गर्न सुरू गरेकी थिइन् । उनको परिवार पनि उनको निर्णयको विरोधमा थियो । अहिले उनले पोर्न फिल्म उद्योग छोडिसकेकी छन् ।

1600x960_959577-sunny-leone.jpg

जेन्ना जेम्सन
जेन्ना जेम्सन पनि पूर्वपोर्न फिल्म अभिनेत्री हुन् । उनलाई विश्वकै प्रख्यात अश्लिल स्टार र एडल्ट फिल्मको ‘क्विन’ भनिन्थ्यो । मोडलिङपछि जेन्नाले सन् १९९३ मा अश्लिल फिल्ममा अभिनय सुरू गरेकी थिइन् । उनी विश्वकै सर्वाधिक धनी पोर्नस्टार पनि हुन् ।

gettyimages-485431864-1551384793.jpg

साशा ग्रे
कुनै समय पोर्न उद्योगको प्रख्यात अभिनेत्री रहिसकेकी साशा ग्रे अहिले हलिउडकी परिचित अभिनेत्री हुन् । एडल्ट फिल्मबाट सन्यास लिएर उनले हलिउड करियर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’बाट सुरूवात गरेकी थिइन् । उनले कैयौं विज्ञापन, म्युजिक भिडियोमा अभिनयसँगै म्यागाजिनको कभर पेजमा आफूलाई उभ्याइसकेकी छन् । उनले पुस्तक पनि लेखेकी छिन् ।

1072306724_0_82_4320_2797_1920x0_80_0_0_8e8877a16eee7948609fec039e5d5eda.jpg

क्रिसी मोर्गन
सन् १९९६ देखि २००६ सम्म क्रिसी मोर्गनले पोर्न उद्योगमा काम गरिन् । यसपछि उनले आफूलाई अध्यात्मतिर अगाडि बढाइन् । उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अहिले क्रिसी एडल्ट वेबसाइटबाट आफ्नो भिडियो हटाउन कानूनी लडाईमा छिन् ।

 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १७:०८:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology