Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पहिलो दिन आँबुखैरेनीमा ५५ जनाको मतदाता नामावली संकलन

पहिलो दिन आँबुखैरेनीमा ५५ जनाको मतदाता नामावली संकलन

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
पहिलो दिन आँबुखैरेनीमा ५५ जनाको मतदाता नामावली संकलन
images

आँबुखैरेनी, २९ मंसिर । तनहुँको आँबुखैरेनीमा बुधबारदेखि सुरु भएको मतदाता नामावली संकलन अभियानमा ५५ जनाको विवरण दर्ता भएको छ । दोस्रो चरणको अभियान अन्तरगत पहिलो दिन ५५ जनाको विवरण दर्ता भएको हो ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार बुधबार र बिहीबार वडा नम्बर ३ का व्यक्तिहरुको विवरण दर्ता गरिनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार पुस २ र ३ गते वडा नम्बर ४, पुस ४ र ५ गते वडा नम्बर २ र पुस ६ र ७ गते वडा नम्बर १ का व्यक्तिहरुको विवरण दर्ता गरिनेछ । पुस ८ र ९ गते भने छुट भएका सबै व्यक्तिले विवरण दर्ता गर्न पाउनेछन् । वडा नम्बर ५ र ६ को भने सबै दिनमा दर्ता गरिने पोखरेलले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २१:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology