Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

images

एजेन्सी

२९, मंसिर २०७८
हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
images

हेइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । 

दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घाइतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए । 

बिस्फोटपछि पनि दर्जनौंको शब घटनास्थलमा छरिएको थियो । बिस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । बिस्फोटपछि आगो ट्यांकरमा लागेको थियो ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०८:४१:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology