Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामनाको विप्राङ गाउँको एक घरमा आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट

इच्छाकामनाको विप्राङ गाउँको एक घरमा आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट

images

इच्छाकामना न्युज

२८, मंसिर २०७८
इच्छाकामनाको विप्राङ गाउँको एक घरमा आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट
images

कुरिनटार, २८ मंसिर । चितवनको इच्छाकामनामा एक घर जलेर नष्ट हुदाँ लाखौँको क्षती भएका छन् । आज विहान १० बजेतिर घरमा आगा लागि हुदाँ इच्छाकामना २ विपराङका दाउरी गुरुङको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् ।

स्थानीयका अनुसार घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक वटा मंगलसुत्र  पनि जलेको अवस्थामा भेटिएको छ । स्थानीय शिक्षक पदम बहादुर चेपाङका अनुसार घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागीको कारण खुलेको छैन ।

घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्म कती क्षती भयो भन्ने एकिन भएको छैन ,घरपूर्णरुपमा जलेर नष्ट भएको छ, हामी अहिले पीडित परिवारका लागि खाद्यान्न र कपडा जोह गर्न लागीपरेका छौँ घटना बारे प्रहरीलाई खबर गरेका छौँ । ’
मानवीय क्षती भने नभएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १४:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology