Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

खोप नलगाउने व्यक्तिका लागि जर्मनीमा देशव्यापी लकडाउन

खोप नलगाउने व्यक्तिका लागि जर्मनीमा देशव्यापी लकडाउन

images

न्युज कारखाना

१७, मंसिर २०७८
खोप नलगाउने व्यक्तिका लागि जर्मनीमा देशव्यापी लकडाउन
images

वर्लिन, १७ मंसिर । जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ । नयाँ  नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ ।  त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ । 

सरकारको घोषाणासँगै खोप नलगाएका व्यक्तिले अर्को घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ । 

कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ । युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । 

'हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई अ‌ाह्वान गर्छुु, जर्मन चान्सलर ए‌ंगिला मर्केलले भनिन् । जर्मनमा कोभिडको चौथो लहर अ‌ाउने अनुमान गरिएको छ । 'जर्मनीलाई कोभिडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,' उनले भनिन् । 

सरकारले अ‌ागामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौ महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् । 

युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डोज अनिवार्य गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - ०९:१९:५५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology