आँबुखैरेनी, १६ मंसिर । तनहुँको आँबुखैरेनीमा २ दिने बालसिर्जना महोत्सव आयोजना हुने भएको छ। बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा यहि मंसिर २४ र २५ आँबुखैरेनी क्याम्पसको प्राङ्गणमा महोत्सवको आयोजना हुने भएको हो।
आँबुखैरेनीमा पहिलो पटक आयोजना हुन लागिरहेको महोत्सवमा स्थानीय विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने कार्यक्रमका स्थानीय संयोजनकर्ता आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव पश्चात तनहुँको चर्चित धार्मिक पर्यटकीय स्थल छिम्केश्वरीको अवलोकन भ्रमण समेत हुनेछ।
कार्यक्रमलाई आँबुखैरेनी गाउँपालिकाले सहकार्य गरेको छ।