Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको शहिद लखन गाउँपालिकाको ४५ वटा सामुदायिक विद्यालहरुमा एकैपटक विद्यालय व्यवस्थापन समिति गठन

गोरखाको शहिद लखन गाउँपालिकाको ४५ वटा सामुदायिक विद्यालहरुमा एकैपटक विद्यालय व्यवस्थापन समिति गठन

images

इच्छाकामना न्युज

१५, मंसिर २०७८
गोरखाको शहिद लखन गाउँपालिकाको ४५ वटा सामुदायिक विद्यालहरुमा एकैपटक विद्यालय व्यवस्थापन समिति गठन
images

घैरुङ, १५ मंसिर । शहिद लखन गाउँपालिका भित्र रहेका ४५ वटा विद्यालयमा एकसाथ समिति गठन प्रक्रिया अघि बढेकाे छ । पालिका भित्र रहेका ४६ वटा विद्यालय मध्य म्याद सकिएका ४५ वटा विद्यालयहरुकाे विद्यालय व्यवस्थापन समिति मँसिर १४  गतेबाट गठन प्रक्रिया अघि बढेकाे हाे ।

शहिद लखन गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७८/०७/२६ काे निर्णयानुसार शहिद लखन गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा मिति २०७८/०८/१४ र १५ गते एकसाथ विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, छिमेकी विद्यालयका शिक्षक र कर्मचारि वा गाउँ शिक्षा समिति सदस्य गरि ३ सदस्यीय सहजीकरण समिति निर्माण गरि शिक्षा ऐनकाे दफा १२ उपदफा १ क बमाेजिम “अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना सदस्य” छनाैट गरेकाे हाे ।

मँगलबार २२ विद्यालयमा अभिभावक भेला सम्पन्न भएकाे छ। भेलाबाट समितिकाे चयन भएकाे पालिका भित्र रहेका विद्यालयहरुले जानकारी दिएका छन् ।

आज बुधबार २१ विद्यालयमा समिति गठनकाे प्रक्रिया अघि बढ्ने शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।  दुइ वटा विद्यालयमा प्रधानाध्यापकहरु विरामी परेका कारण केही समय पछि मिति तय गरिने उनले बताए ।

शिक्षा क्षेत्रकाे विकास विना अन्य विकास सम्भव नदेखेकाे शहिदलखन गाउँपालिकाले शिक्षकहरुलाइ तालिम प्रदान गर्ने, विद्यालयमा अनिवार्य कम्प्युटर कक्षा लागु गर्ने, विद्यालय व्यवस्थापन समितिलाइ तालिम दिने र विद्यालयकाे विकासका लागि उत्तरदायि बनाउने कार्यमा अग्रसर हुँदै आएकाे छ । पालिकाले दरबन्दी मिलान गरी शिक्षक अभाव भएका स्थानमा स्वम्सेवक शिक्षक खटाइ शिक्षण गराउँदै आएकाे छ ।

पालिकाले विद्यालयमा पत्रु खाना पूर्ण रुपमा निषेध गरेकाे छ । बालबालिकाहरुकाे दिवा खाजाका लागि अनिवार्य रुपमा स्थानीय स्तरमा उत्पादन भएका पाेषणयुक्त खानेकुरा मात्र खुवाउन निर्देशन गरि कार्यन्वयन गर्दै आएकाे पालिकाले जनाएकाे छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - ०९:३४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology