Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन सहितको ३ दिने आँखा जाँच शिविर सम्पन्न, १८९ जनाको निःशुल्क अप्रेसन

आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन सहितको ३ दिने आँखा जाँच शिविर सम्पन्न, १८९ जनाको निःशुल्क अप्रेसन

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन सहितको ३ दिने आँखा जाँच शिविर सम्पन्न, १८९ जनाको निःशुल्क अप्रेसन
images

आँबुखैरेनी, ९ मंसिर । तनहुँको आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन सहितको ३ दिने आँखा जाँच शिविर सम्पन्न भएको छ। मंसिर ६ गते देखि सुरु भएको शिविर आज सकिएको हो।

258874990_1162016177963633_6951783446388264103_n.jpg

शिवरमा १ सय ८९ जनाको निःशुल्क मोतियाविन्दुको अपरेसन गरिएको आयोजक नेत्रज्योती संघका प्रतिनिधी प्रेम महर्जनले जानकारी दिए। उनका अनुसार शिविरमा ७ सय २० जनाको आँखा परीक्षण गरिएको थियो।

257918059_1162015237963727_1302172574674196092_n.jpg

शिविरले आँखामा मोतियाविन्दु देखिएकाहरूको सोही ठाउँमा नै शल्यक्रिया गरिएको हुदा धेरै बिरामीहरु लाभान्वित भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताउदै गाउँपालिकाले नीतिगत निर्णय गरेर आगामी दिनमा आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको बताए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडाँै जानुपर्ने बाध्यता थियो”, उनले भने “गाउँपालिकाले पनि अब शल्यक्रिया सहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

भरतपुर आँखा अस्पतालका आँखा चिकित्सक डा. रन्जित कुमार शाहको नेतृत्वको १३ जनाको मेडिकल टिमले बिरामीहरुको आँखाको परीक्षण गरिएको थियो। डार्क फाउण्डेशन र पार्टनर फर इक्विटीको आर्थिक सहयोगमा संचालित शिविरको स्थानीय आयोजकमा नेपाल नेत्रहिन संघ, पुनःस्थापना कार्यक्रम गोरखा धादिङ र आँबुखैरेनी गाउँपालिका रहेको थियो।

 

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २१:२२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology