Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको ३ दिने आँखा शिविर आजबाट सुरु

आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको ३ दिने आँखा शिविर आजबाट सुरु

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको ३ दिने आँखा शिविर आजबाट सुरु
images

आँबुखैरेनी, ६ मंसिर । तनहुँको आँबुखैरेनीमा निःशुल्क मोतियाविन्दुको अप्रेशनको व्यवस्था सहितको ३ दिने आँखा शिविर सुरु भएको छ। नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको आयोजनामा निःशुल्क मोतियाविन्दुको अप्रेशन गर्ने गरि आजदेखि शिविर सुरु भएको हो।

३ दिनसम्म चल्ने शिविरमा आवास सहित मोतियाविन्दुको निःशुल्क उपचार गरिने व्यवस्था गरिएको आयोजक नेत्रज्योती संघका प्रतिनिधी प्रेम महर्जनले जानकारी दिए। 

डार्क फाउण्डेशन र पार्टनर फर इक्विटीको आर्थिक सहयोगमा संचालित शिविरको स्थानीय आयोजकमा नेपाल नेत्रहिन संघ, पुनःस्थापना कार्यक्रम गोरखा धादिङ र आँबुखैरेनी गाउँपालिका रहेको छ। आँबुखैरेनीको शिवालय मन्दिर परिसरमा संचालित शिविर ८ गतेसम्म संचालन हुनेछ। 

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - २२:२३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology