गोरखा,२९ कार्तिक । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेघाटमा शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरको हरिबोधनी एकादशी मेलाको अवसरमा आज (सोमबार) गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालय र चन्दाबाट मन्दिर निर्माण गरिएको हो । वडा कार्यालयको रु ७ लाख र विभिन्न चन्दाताहरुबाट गरि जम्मा रु.८ लाख ४७ हजार ८२१ को लागतमा मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष सरस्वती अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीको प्रमुख आतिथि, वडाध्यक्ष तुलसी रेग्मीको विशेष अतिथि, वेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरिको आतिथ्यता तथा मन्दिर निर्माण समितिका अध्यक्ष सरस्वती अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा मन्दिर निर्माण समितिका सचिव रामचन्द्र रेग्मीले आर्थिक प्रतिवेदन प्रशतुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकाहरुले मनोरञ्जनात्मक प्रश्तुती दिएका थिए ।
सो अवसरमा मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्ने चन्दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरेका थिए ।