Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

images

एजेन्सी

२८, कार्तिक २०७८
इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु
images

इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राती भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएइको थियो ।

कारागारभित्र झडप बढ्नुको मुख्यक कारण लागुऔषधि तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका  गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए । 

कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो ।  झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र  ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - ०८:२५:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology