Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने

इच्छाकामना न्युज

११, कार्तिक २०७८
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को सातौँ सङ्घीय महाधिवेशन माघ ७ र ८ गते हुने
images

चितवन, ११ कात्तिक । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा आज बसेको सातौँ पूर्ण बैठकले माघ ७ र ८ गते सातौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

images
images

महाधिवेशनको तयारीस्वरूप मङ्सिर १५ गतेसम्म देशभर सदस्यता वितरण तथा नवीकरण गर्ने, मङ्सिर २५ गते एकै दिन सबै जिल्ला तथा प्रवास अधिवेशन सम्पन्न गर्ने, पुस २४ गते सातवटै प्रदेश महाधिवेशन, माघ ७ र ८ गते सङ्घीय महाधिवेशन गर्ने निर्णय गरिएको फोनिजका महासचिव मनोज घर्तीमगरले बताउनुभयो । महासचिव घर्तीमगरका अनुसार महाधिवेशनस्थल भने सङ्घीय समितिको सचिवालय समितिको बैठकले टुङ्गो लगाउने जनाइएको छ ।

महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छवटा प्रवास शाखा तथा जातीय सङ्घ संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने सङ्घीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । फोनिजको जापान, मलेशिया, अमेरिका, दक्षिणकोरिया, दुबई र बेलायतमा शाखा विस्तार गरिएको छ ।

फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारु पत्रकार सङ्गठन आबद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ । नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखालाई सर्कुलरका रूपमा पठाइने फोनिज सङ्घीय समितिका सङ्गठन सचिव मिलन लिम्बूले जानकारी दिनुभयो । बैठकले देशको समसामयिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २०:२९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology