Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मध्यरातमा मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशूलीमा कार खस्यो, ३ जना वेपत्ता, १ जना घाईते

मध्यरातमा मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशूलीमा कार खस्यो, ३ जना वेपत्ता, १ जना घाईते

इच्छाकामना न्युज

८, आश्विन २०७८
मध्यरातमा मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशूलीमा कार खस्यो, ३ जना वेपत्ता, १ जना घाईते
images

असोज ८ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डमा मध्यरातमा त्रिशुलीमा कार खसेको छ। उक्त सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दिखोलाबाट आज राति करिब १२ः३० बजे त्रिशूलीमा कार खसेको हो।

images
images

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा नदीमा खस्दा कारमा सवार चारजना मध्ये ३ जना बेपत्ता भएको र १ जना घाईते भएको छ।  दुर्घटनामा परि घाईते हुनेमा पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी रहेको प्रहरीले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।

त्यसैगरी सो दुर्घटनामा परि बेपत्ता हुनेहरूमा कार चालक कास्की, पोखरा महानगरपालिका वडा नं १७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, कारमा सवार ५५/६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।

तस्वीर सौजन्यः विनोद श्रेष्ठ

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - ०७:१४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology