अमेरिका र भारतले क्वाड खोप अभियानमार्फत कोरोना महामारीलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडको माध्यमबाट कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएर विश्वबाट कोरोना महामारी अन्त्य गर्ने घोषणा गरेका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वबाट कोरोना महामारी अन्त्य गर्ने नेतृत्वकर्ता मुलुक भारत र अमेरिका हुने बताएका छन् । अमेरिका र भारतले क्वाडका माध्यमबाट संयुक्तरुपमा मिलेर विश्वबाट कोरोना महामारी अन्त्यका लागि नेतृत्व गर्ने ब्लिन्केनले दाबी गर्नुभएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि पछिल्लो समय आफूहरु कोरनोविरुद्धको खोप विकासलाई विस्तार गर्न लागिरहेको बताउनुभएको छ । सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको छ ।
एक मात्रा मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सनको खोपको उत्पादन अब भारतमा पनि हुने भएको छ ।