Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनघाट नजिकै दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खादा १ जनाको मृत्यु २ जना घाईते

कुरिनघाट नजिकै दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खादा १ जनाको मृत्यु २ जना घाईते

इच्छाकामना न्युज

२६, श्रावण २०७८
कुरिनघाट नजिकै दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खादा १ जनाको मृत्यु २ जना घाईते
images

कुरिनटार ,२६ साउन । चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

images
images

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ कुरिनघाट ननिजकै आज मध्यान्न १२ः३० बजे काठमाण्डौबाट मुग्लिन तर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको ग १६प ५५३१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खादाँ ग १६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ बस्ने बर्ष २६ को शुसिल पोखरेलको मृत्यु भएको हो ।

पोखरेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एब्म प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा  गाउँपालिका ४ बस्ने बर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका बर्ष २१ को जय कार्की रहेका छन् ।

दुबै घाइतेको अवस्था मध्याम रहेको र पुरानो मेडिक कलेज भरतपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुबै मोटरसाइकललाई प्रहरीले नियनत्रणमा लिएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १९:१७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology