Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झा नियुक्त

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झा नियुक्त

इच्छाकामना न्युज

१०, श्रावण २०७८
फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झा नियुक्त
images

काठमाडौं, १० असार । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ । उहाँलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

images
images

संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उहाँको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाइनरका साथै फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताउनुभयो ।

Aswini kanta jha1.jpg

उहाँले विभिन्न प्रतिष्ठित पुरष्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर अश्विनी झाले आफ्नो निजी जिन्दगीमा पाउनु भएको सफलता सरह नै आफ्नो सल्लाह सुझाब र मार्गदर्शनले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई सफल बनाउन सहयोग पुर्‍याउनु हुनेछ भनि आशा व्यक्त गर्नुभयो ।

त्यसैगरी सोही कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्यहरू र प्रगतीहरूसम्बन्धी प्रकाश पार्नुभयो । आफ्नो मन्तब्य दिने क्रममा कोरियोग्राफर अश्विनी झाले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागि योग्य ठान्नु भएकोमा धन्यबाद दिँदै कोरियोग्राफर र फेशन डिजाइनर एक अर्काको परिपुरक भएको बताउनुभयो ।

कोरियोग्राफर झाले आफ्नो विगतको अनुभवलाई कोट्याउँदै आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरूदेखि नै उहाँलाई फेशन डिजाईनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाइनरहरूको साथ र सहयोग रहेको बताउनुभयो ।

Aswini kanta jha2.jpg

उहाँले वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाइनिङ क्षेत्रका साथै मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउँदै अब छिट्टै नै हामी सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पुर्‍याउनेछौं भनी विश्वास व्यक्त गर्नुभयो ।

कोभिड पूर्वसमस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मञ्चमा राम्रो उपस्थिति जनाउँदै गरेको अवस्थामा अवको दिनहरूमा अझै सशक्त र परिस्कृत रूपमा नेपाली फेशन डिजाइनरहरूको उपस्थिति रहनेछ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फबाट हुने हरेक सहयोगका लागि हरपल तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ-आफ्नो मन्तव्य र धारणा राख्नुका साथै काउन्सिलको विगतका पाँच वर्षको उपलब्धि तथा कमी कमजोरीको समीक्षा गर्नुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ११:३४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology