Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुजिता मृत्यु प्रकरणमा एक युवक पक्राउ

सुजिता मृत्यु प्रकरणमा एक युवक पक्राउ

images

इच्छाकामना न्युज

८, श्रावण २०७८
सुजिता मृत्यु प्रकरणमा एक युवक पक्राउ
images

चितवन, ८ श्रावण ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षिय सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर ६ शरणामती का २३ वर्षिय उनका दाई सचिन भनिने सुकदेव भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले उनलाई पक्राउ गरिएको हो । असार ११ गते घरबाट हराएकी भण्डारी २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृत अबस्थामा भेटिएकी थिइन । पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बा को छोरा र काकाको छोरी भए पनि दुबै बिचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने भन्दै सुजिताले गरेको बिबहा प्रस्ताब सुकदेवे अस्विकार गरे पछि घटना भएको अधिकारीले बताउनुभयो । उनीहरु बिचको सम्बनध संकास्पद देखिए पछि परिवारले सचेत वनाएको भन्दै अधिकारीले उनीहरु काठमााडैंमा संगै बसि विदेश जाने योजना वनाएको जानकारी दिनुभयो ।

विदेश जाने योजना बनाइरहेका उनीहरु बिचमा पछिल्लो समयमा अपहरणको बाहना वनाई अन्यत्र गएर बस्ने कुरा भएको बुझिएको प्रहरीको भनाई छ । असार ९ गते उनिहरु बिच विवहाको बिषयमा बिबाद हुँदा सुजिताले विवहा नगरे मर्छु भनेको र सुकदेवले जे गर्ने हो गर भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १७:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology