Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोभिड नियन्त्रण तथा रोकथामका लागि इच्छाकामना गाउँपालिकालाई हेफरले दियो १५ लाख आर्थिक सहयोग

कोभिड नियन्त्रण तथा रोकथामका लागि इच्छाकामना गाउँपालिकालाई हेफरले दियो १५ लाख आर्थिक सहयोग

इच्छाकामना न्युज

२८, जेठ २०७८
कोभिड नियन्त्रण तथा रोकथामका लागि इच्छाकामना गाउँपालिकालाई हेफरले दियो १५ लाख आर्थिक सहयोग
images

कुरिनटार, २८ जेठ । कोभिड १९ महामारी विरुद्ध लड्नका लागि चितवनको इच्छाकामना गाउँपालिकालाई १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ। गाउँपालिकालाई कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि  हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले आज उक्त रकम सहयोग गरेको हो। 

images
images

महिला समूह समन्वय समिति, दियालो परिवार र चण्डिभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थासँगको सहकार्यमा कोभिड १९ आपत्कालीन विश्व माहामारीको रूपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकालाई रकम सहयोग गरिएको चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभएको थियोे ।  

सो आर्थिक सहयोग इच्छाकामना गाउँपालिकाको प्रभावित जनताहरूका लागि संस्थाले उपलब्ध गराएका हुन्।  सो रकम मार्फत गाउँपालिकाले अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आईसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई किट लगाएतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरू खरिद गर्नमा खर्च गर्नुपर्ने कट्टेलले जानकारी दिएका थिए । 

हेफरले यस्तो समयमा महामारीलाई मध्यनजर गर्दै पालिकालाई सहयोग गरकोमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले धन्यवाद प्रकट गर्दै यो सहयोगले आम गाउँपालिकावासिलाई धेरै ठुलो सहयोग पुग्ने बताएका थिए।  अध्यक्ष गुरुङले हेफर नेपालले अतुलनीय कार्य गरेको बताउदैँ आगामी दिनहरूमा पनि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्य, दियालो परिवारका अध्यक्ष सुरेश खनाल, चण्डिभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष रश्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - २१:०४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology