Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाट गाउँपालिकाको कोभिड कोषमा हेफर इन्टरनेशनल नेपालको १५ लाख सहयोग

देवघाट गाउँपालिकाको कोभिड कोषमा हेफर इन्टरनेशनल नेपालको १५ लाख सहयोग

करिश्मा गुरुङ

२७, जेठ २०७८
देवघाट गाउँपालिकाको कोभिड कोषमा हेफर इन्टरनेशनल नेपालको १५ लाख सहयोग
images

देवघाट, २७ जेठ । कोभिड १९ महामारी विरुद्ध लड्नका लागि तनहुँको देवघाट गाउँपालिकाको कोभिड कोषमा १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ। गाउँपालिकालाई कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि  हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले आज उक्त रकम सहयोग गरेको हो। 

images
images

महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतको तिन संस्थाहरूको सहकार्यमा कोभिड १९ आपत्कालीन विश्व माहामारीको रूपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभएको थियोे ।  

सो आर्थिक सहयोग देवघाट गाउँपालिकाको प्रभावित जनताहरूका लागि भएको हुनाले यसै पालिकाको बैंक खातामा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले उपलब्ध गराएका हुन्।  सो रकम मार्फत अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आईसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई किट लगाएतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरूमा खर्च गर्नुपर्ने कट्टेलले जानकारी दिएका थिए । 

198902453_594445958197672_604278910989038877_n.jpg

हेफरले यस्तो समयमा महामारीलाई मध्यनजर गर्दै पालिकालाई सहयोग  गरकोमा देवघाट गाउँपालिकाका अध्यक्ष दर्गवहादुर थापाले धन्यवाद प्रकट गर्दै यो सहयोगले आम देवघाटवासिलाई धेरै ठुलो सहयोग पुग्ने बताएका थिए।  थापाले हेफर नेपालले अतुलनीय कार्य गरेको बताउदैँ आगामी दिनहरूमा पनि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्यले कोभिडको राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हातहरू भन्ने नारालाई आत्मसाथ गर्दै कोरोना महामारीको समयमा ग्रामिण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई दिनहरू कटाउन कठिन भैरहेकोले संस्थाले केही मलमपट्टिसम्म लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगमा अघि बढाएको बताए।  

त्यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालवहादुर गुरूङले हेफर इन्टरनेशनल नेपालको सहयोगप्रति अभार प्रकट गर्दै रकम भन्दा पनि प्रदान गर्नु ठूलो कुरा रहेको बताउदैँ सदैब सहकार्यमा अघि बढ्ने बताए।
  
कार्यक्रम चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तारादेबी पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १९:५२:२३ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology