Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्रेष्ठले प्रयोग गर्ने गाडी अब एम्बुलेन्सको रुपमा प्रयोग हुने, आफ्नो एक महिनाको तलब पनि चालकलाई दिने

इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्रेष्ठले प्रयोग गर्ने गाडी अब एम्बुलेन्सको रुपमा प्रयोग हुने, आफ्नो एक महिनाको तलब पनि चालकलाई दिने

इच्छाकामना न्युज

२८, बैशाख २०७८
इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्रेष्ठले प्रयोग गर्ने गाडी अब एम्बुलेन्सको रुपमा प्रयोग हुने, आफ्नो एक महिनाको तलब पनि चालकलाई दिने

कुरिनटार, २८ बैशाख । इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले प्रयोग गर्ने गाडी अब आपतकालिन अवस्थामा एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ। उपाध्यक्ष श्रेष्ठले आफुले प्रयोग गरिरहेको गाडी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मि तथा कोरोना संक्रमित बिरामीहरुको लागी निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने आज घोषणा गरेको हो।

images

पछिल्लो समय इच्छाकामना गाउँपालिकामा दिनप्रतिदिन संक्रमित संख्या बढ्दो क्रममा रहेको हुदा सो सवारी साधन आफु चढ्ने भन्दा पनि यस समयमा गाउँपालिकाका बासिका लागी आवश्यक रहेको भन्दै आजबाट निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न गाडीका चालक प्रेम गुरुङ र सोनाम हुसेनलाई निर्देशन दिएको उपाध्यक्ष कृति कुमार श्रेष्ठले बताए ।

सो अवसरमा उपाध्यक्ष श्रेष्ठले गाडी चालकद्वयलाई चाबी हस्तान्तरण गर्दै आफ्नो एक महिनाको पारिश्रमिक तथा सेवा सुबिधा पनि चालक लाई नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १६:५४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology