Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मस्र्याङ्दी जलविद्युत् केन्द्रद्वारा आँबुखैरेनी गाउँपालिकालाई १२ थान अक्सिजन सिलिण्डर प्रदान

मस्र्याङ्दी जलविद्युत् केन्द्रद्वारा आँबुखैरेनी गाउँपालिकालाई १२ थान अक्सिजन सिलिण्डर प्रदान

इच्छाकामना न्युज

२७, बैशाख २०७८
मस्र्याङ्दी जलविद्युत् केन्द्रद्वारा आँबुखैरेनी गाउँपालिकालाई १२ थान अक्सिजन सिलिण्डर प्रदान
images

आँबुखैरेनी, २७ बैशाख । मस्र्याङ्दी जलविद्युत् केन्द्र आँबुखैरेनीले तनहुँको आँबुखैरेनी गाउँपालिकालाई १२ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ। कोभिड संक्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डरको अभाव भएकोले केन्द्रले गाउँपालिकालार्य अक्सिजन सिलिण्डर प्रदान गरेको हो। 

images
images

केन्द्रले प्रदान गरेको सिलिण्डर मध्य ९ वटा अक्सिजन भरिएको र ३ खाली रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो। केन्द्रबाट प्राप्त खाली सिलिण्डर पनि अक्सिजन भर्नका लागि पठाईसकिएको उहाँले बताउनुभयो। गाउँपालिकामा हालसम्म २ वटा भरी अक्सिजन सिलिण्डर रहेकोमा अब १४ वटा भएको छ। 

यस्तै गाउँपालिकामा १२ बेडको आइसोलेसन वाड तयारी अवस्थामा रहेको पनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १२:५६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology