चितवन, २३ बैशाख । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १ सयजना गरी ९ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७ सय ७ जना सङ्क्रमण मुक्त भएका छन् ।