Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो 

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो 

एजेन्सी

२०, बैशाख २०७८
विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो 
images

विश्वभर फैलिएको कोरोना महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ९ हजार ९ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख १६ हजार १ सय ४८ पुगेको छ ।

images
images

यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ८० हजार १ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७० हजार ५९ जना रहेका छन् ।

यस्तै अमेरिकामा ३० हजार ७ सय १, ब्राजिलमा २८ हजार ९ सय ३५, टर्कीमा २५ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ३ लाख ८१ हजार ६ सय १३ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमित भएकामध्ये १३ करोड ७ लाख ९१ हजार ४ सय ६४ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ९४ लाख ७३ हजारभन्दा बढी रहेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०९:५४:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology