Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

इच्छाकामना न्युज

१९, बैशाख २०७८
आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, १९ बैशाख । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो ।

images
images

हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय ६३ सङ्क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५ सय ९५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हाल सम्म ३३ सय २५ जनाको मृत्यु भैसकेको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २०:१४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology