Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनी स्रष्टा समाजद्वारा ६ जना सम्मानित 

आँबुखैरेनी स्रष्टा समाजद्वारा ६ जना सम्मानित 

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
आँबुखैरेनी स्रष्टा समाजद्वारा ६ जना सम्मानित 
images

आँबुखैरेनी, १४ चैत। आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीले विभिन्न क्षेत्रका ६ जनालाई सम्मानित गरेको छ। समाजले आज आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको हो। 

agam.jpg

समाजले हरेक वर्ष वितरण गर्नेृ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’बाट कवि मित्रलाल पंज्ञानीलाई सम्मानित गरेको छ। सम्मानित व्यक्तित्व पंज्ञानीलाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद राशीले सम्मान गरेको हो। यो पुरस्कारको राशी नगद १० हजार रहेको छ। 

164961721_1648642971992922_6604713713837539307_n.jpg

यस्तै ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’बाट कलाकार रमेश केसी मत्तारेलाई सम्मानित गरेको छ। समाजका संरक्षक इन्द्रमान परियारले आफ्नो स्वर्गीय बुवा आमाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारबाट कलाकार केसीलाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद १० हजार राशीले सम्मान गरेको हो।   

165593231_1648643071992912_8696665961814265309_n.jpg

त्यसैगरी, भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान पुरस्कारबाट आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय र आँबुखैरेनी स्वास्थ्य चौंकीमा कार्यरत कर्मचारी (ल्याव टेक्निसियन) अमृत पण्डित सम्मानित भएका छन् । कोरोना भाईरसको संक्रमणको अवस्थामा उच्च स्थानमा रहेर काम गरेको भन्दै उपाध्याय र पण्डितलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी जनही ५ हजार रुपैंया प्रदान गरी सम्मान गरिएको हो । 

165666793_1648643191992900_2828636011331399821_n.jpg

यस्तै, संगिता श्रेष्ठ संरक्षक रहनुभएको ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनु भएका व्यवस्थापन संकाय तर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकाय तर्फका दिपीका थापा सम्मानित भएका छन् । गुरुङ्ग र थापालाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी २ हजार ५ सय रुपैंया प्रदान गरी सम्मान गरिएको छ ।

165286228_1648643151992904_2400046645221699837_n.jpg

आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ भने  ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने व्यवस्थापन र शिक्षा शास्त्र संकाय तर्फका एक–एक जना गरि २ जना विद्यार्थीलाई सम्मानित गर्ने गरिएको छ। यस वर्ष बाट भने  भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट सम्मानबाट थप २ जना सम्मानित भएको हो।

165762324_1648642891992930_3630558737254589720_n.jpg

शनिबार सम्पन्न कार्यक्रम समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्व तथा वरिष्ठ समालोचक, सौन्र्दय चिन्तक प्राध्यापक डा. जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, दाताहरु र समाजका अध्यक्ष लगायतले सम्मान गरेका थिए। बिशाल थापाले गसंचालन गरेको कार्यक्रममा स्रष्टाहरुले आफ्ना विभिन्न सृजनाहर समेत प्रस्तुत गरेका थिए।

IMG_0102.jpgIMG_0107.jpg

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - २१:३२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology