Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

भरतपुरको चौविसकोठीमा खुल्यो ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’

भरतपुरको चौविसकोठीमा खुल्यो ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८३
भरतपुरको चौविसकोठीमा खुल्यो ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’
images

भरतपुर । चितवनको भरतपुरस्थित चौविसकोठीमा ‘बिक फ्राइड चिकेन एण्ड बर्गर’ सञ्चालनमा आएको छ । रत्ननगरको बकुलहरमा सफलतापूर्वक सञ्चालन हुँदै आएको उक्त रेष्टुरेन्टले आफ्नो पहिलो शाखाका रूपमा भरतपुर चौविसकोठीको संघाइ प्लाजामा सेवा विस्तार गरेको हो ।

विवेक हमाल र कृष्ण सापकोटाको सहकार्यमा सञ्चालनमा ल्याइएको रेष्टुरेन्टको युवा व्यवसायी ध्रुव केसीले उद्घाटन गर्नुभयो । रत्ननगरको बकुलहरमा उपलब्ध परिकार र स्वाद ग्राहकले रुचाएपछि व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले भरतपुरमा शाखा सञ्चालन गरिएको सञ्चालक विवेक हमालले जानकारी दिनुभयो ।
रेष्टुरेन्टमा चिकेन बकेट, बर्गर, पिज्जा, चिकेनका विभिन्न परिकारका साथै शाकाहारी खानेकुरासमेत उपलब्ध रहेको उहाँले बताउनुभयो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको व्यवस्था गरिएको र तीन किलोमिटर क्षेत्रसम्म निःशुल्क डेलिभरी सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।

त्यसैगरी, बजारमा सञ्चालनमा रहेका यस्तै प्रकृतिका अन्य रेष्टुरेन्टको तुलनामा करिब २५ प्रतिशत सहुलियत मूल्यमा परिकार उपलब्ध गराउँदै आएको हमालले बताउनुभयो । गुणस्तरीय स्वाद, सहज मूल्य र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि युवा व्यवसायी ध्रुव केसीले विदेशबाट फर्किएर स्वदेशमै उद्यमशीलताको सुरुवात गरेका हमालको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । स्वदेशमै सम्भावना खोज्दै व्यवसाय सञ्चालन गर्ने युवा उद्यमीलाई प्रोत्साहन र सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले जिल्लावासीलाई नयाँ व्यवसायलाई साथ दिन आग्रह गर्नुभयो । स्वदेशमै केही गर्ने उद्देश्यसहित व्यवसाय विस्तार गरिएको बताउँदै सञ्चालकले भरतपुरका ग्राहकलाई पनि गुणस्तरीय परिकार र सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८३ सोमवार - १४:५२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology