पोखरा । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमु प्ये ल्हु संघको केन्द्रीय उपाध्यक्षमा चितवनका तुलाराम गुरुङ पुनः निर्वाचित भएका छन् ।
आईतबार पोखरामा सम्पन्न संघको सातौ राष्ट्रिय महाधिवेशनले केन्द्रीय उपाध्यक्षमा चितवनका तुलाराम गुरुङलाई पुनः उपाध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै महाधिवेशनले संघको केन्द्रीय सदस्यमा चितवनकै महेन्द्र गुरुङलाई समेत निर्वाचित गरेको छ ।