काठमाडाैँ। इस्लामिक रिभोलुसन गार्ड कोप्र्स ९आईआरजीसी० ले द्वन्द्वले नयाँ रूप लिएको खण्डमा इरानले अत्याधुनिक हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा आईआरजीसीका प्रवक्ता होसेन मोहेबीले इरान आफ्नो रक्षा क्षमता अभिवृद्धि गर्न निरन्तर लागिपरेको बताउँदै आवश्यक परेको खण्डमा युद्धमैदानमा नयाँ हतियार उतार्ने घोषणा गरेका हुन्। प्रवक्ता मोहेबीले इरानले विश्वभरका प्रविधिहरूलाई आत्मसाथ गर्दै आफ्नै हतियार निर्माण गरिरहेको र विद्यमान हातहतियारको स्तरोन्नतिमा जोड दिइरहेको स्पष्ट पारे।
मोहेबीले पछिल्ला केही महिनामा अमेरिकाले इरानविरुद्ध लगाएको नाकाबन्दी, आर्थिक दबाब र सीमावर्ती क्षेत्रमा सक्रिय समूहहरूलाई हतियार उपलब्ध गराएर अस्थिरता निम्त्याएको आरोप लगाए। उनले ती सबै प्रयास असफल भएको दाबी गर्दै इरानसँग ‘शत्रु’ का अन्य योजनाहरू विफल बनाउने पूर्ण तयारी रहेको जिकिर गरे।
दुई देशबीचको तनाव फेब्रुअरी २८ मा उत्कर्षमा पुगेको थियो, जतिबेला अमेरिका र इजरायलले इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरी हर्मुज जलमार्गमा आफ्नो पकड थप कसिलो बनाएको थियो। गत जुन १८ मा दुवै पक्षबीच युद्ध अन्त्य गर्ने र वार्तामार्फत समाधान खोज्ने सम्बन्धमा समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको थियो।
सम्झौताअनुसार ६० दिनभित्र वार्ता सम्पन्न हुनुपर्ने भएपनि अगस्ट १७ मा समयावधि सकिएकाले भविष्यको बाटो अझै अनिश्चित बनेको छ। पछिल्लो समय बढेको सैन्य सक्रियताले सम्झौता कार्यान्वयनमा थप चुनौती थपिएको छ।