Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फिनल्यान्ड विश्वकै सबैभन्दा धेरै खुसी मुलुक

फिनल्यान्ड विश्वकै सबैभन्दा धेरै खुसी मुलुक

images

एजेन्सी

७, चैत्र २०७७
फिनल्यान्ड विश्वकै सबैभन्दा धेरै खुसी मुलुक
images

 काठमाण्डौं, ७ चैत्र । फिनल्यान्ड लगातार चौथो पटक सवैभन्दा विश्वकै सबैभन्दा धेरै खुसी मुलुकमा पर्न सफल भएको छ।
फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्यान्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो ।

शुक्रबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ मा फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी  भएको पाइएको हो। गत बर्ष विश्वभरि नै कोरोना भाइरसको महामारी फैलिएपनि फिनल्यान्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुसी हुनेमा आइसल्यान्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विट्जरल्यान्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युजिल्यान्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजिल्यान्ड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८औँ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७औँ नम्मरमा रहेको जर्मनी यस पटक सातौँ क्रममा परेको छ ।

विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १३:०८:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology