Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा पुनः युग गुरुङ चयन

तमू सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा पुनः युग गुरुङ चयन

इच्छाकामना न्युज

२९, भाद्र २०८३
तमू सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा पुनः युग गुरुङ चयन
images

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको अध्यक्षमा पुनः युग गुरुङ चयन हुनुभएको छ। शाखाको सातौँ साधारणसभा तथा चौधौँ अधिवेशनबाट युग गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

images
images

पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको सभाहलमा सम्पन्न साधारणसभा तथा अधिवेशन कार्यक्रममा तमु ९गुरुङ० सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

अधिवेशनबाट अध्यक्षमा युग गुरुङ, उपाध्यक्षमा शिला गुरुङ, सचिवमा दिलबहादुर गुरुङ ‘पञ्चसुब्ब’, उपसचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तृष्णा लक्ष्मी गुरुङ चयन हुनुभएको छ। सदस्यहरूमा रक्षा गुरुङ, आश गुरुङ र पदम घले चयन हुनुभएको छ।

800377373_1640373654488079_2698755907565883462_n.jpg

शान्ति गुरुङ र पञ्च सुब्बा गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित
सोही अवसरमा आयोजित सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी दिल बहादुर गुरुङ (पन्चसुब्बा) सम्मानित हुनुभएको छ।

799855347_1752587672731668_331831001144280177_n.jpg

समाजसेवी तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष मिना गुरुङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङलाई सम्मान गरिएको हो। त्यस्तै, मिलन ग्रुप अफ नेपालका संयोजक तथा समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट सञ्चारकर्मी दिल बहादुर गुरुङ (पन्चसुब्बा)  सम्मानित हुनुभएको हो।

पुरस्कारबाट सम्मानित दुवैजनालाई जनही २० हजार नगदसहित सम्मानपत्र, दोसल्ला, फेटा तथा खादाले सम्मान गरिएको थियो। उहाँहरूलाई प्रमुख अतिथि लाला गुरुङ, पुरस्कार छनोट समितिका संयोजक तथा संस्थापक संयोजक हुमबहादुर गुरुङ, दुर्गा गुरुङ ‘मिलन’की माता तथा मिलन फाउन्डेसन नेपालकी संरक्षक सावित्री गुरुङ, पुरस्कारदाता मिना गुरुङ र शाखा अध्यक्ष युग गुरुङले सम्मान गर्नुभएको थियो।

तमु पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरू हुमबहादुर गुरुङ, राजबहादुर गुरुङ र खड्कबहादुर गुरुङ सम्मानित भइसक्नुभएको छ।

पत्रकारितामा योगदानको सम्मान
कार्यक्रममा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले विभिन्न संघसंस्था तथा निकायको नेतृत्वमा पुग्न सफल व्यक्तिहरूको पृष्ठभूमि निर्माणमा तमु (गुरुङ) सञ्चारकर्मी संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

उहाँले तमु समुदायका सञ्चारकर्मीलाई संगठित गर्दै पत्रकारिता क्षेत्रमा अघि बढाउन संघले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

800603072_1420530913349002_953793500350641409_n.jpg

कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक हुमबहादुर गुरुङले सम्मानित व्यक्तित्वहरूको पत्रकारिता यात्रा तथा योगदानबारे प्रकाश पार्नुभएको थियो। पुरस्कारदाता मिना गुरुङले तमु (गुरुङ) सञ्चारकर्मी संघ अझै संगठित र एकताबद्ध हुँदै पत्रकारिता क्षेत्रमा प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी सम्मानित व्यक्तित्वद्वय शान्ति गुरुङ र पञ्च सुब्बा गुरुङ तथा संघका केन्द्रीय महासचिव चित्र गुरुङले कार्यक्रममा आ–आफ्नो भनाइ राख्नुभएको थियो।

कार्यक्रमले तमु समुदायको पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई पत्रकारितामा प्रोत्साहित गर्ने सन्देश दिएको छ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाका अध्यक्ष युग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तृष्णा लक्ष्मी गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष शिला गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - २०:२४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology