शहिद लखन, ६ चैत । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ७ र ८ का महिलाहरुको लागि ६५ दिने व्यटिसियन तालिम दिन सुरु गरिएको छ। गाउँपालिकाको वडा नं. ७ सँगको समन्वयमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्, गोरखा पोलिटेक्निक इन्ष्टिच्यूट पालुङटार गोरखाद्वारा महिलाहरुको लागि बुंकोटमा ६५ दिने व्यटिसियन तालिम दिन सुरु गरिएको हो।
आजदेखि सुरु तालिमको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले प्रमुख अतिथिको रुपमा समुद्घाटन गर्नुभएको थियो। वडाध्यक्ष शरण श्रेठको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षालयका प्रमुख अर्जुन देवकोटा, वडा नं. ८ का वडाध्इक्ष काशीनाथ अंगाई लगायतको सहभागिता रहेको थियो।
२० जना महिलाहरुको सहभागिता रहेको तालिममा तिलु थापा र मञ्जु गुरुङले प्रशिक्षण दिने वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो। महिलाहरुलाई सिप सिकाई स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको उहाँले बताउनुभयो।